जनकपुरधाम,५ बैशाख । हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।
जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि शनिबार सभ्यताको रुख टेम्पुमाथि ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसेको हो।उक्त दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना ९पुरुष चालक र दुई महिला० घाइते भएका प्रहरीले जनाएको छ।प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार टेम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जनकपुर पठाइएको छ ।मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।











