बुटवल,२१ चैत । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्ना सदस्यहरुलाई दिने कार्यशाला बुटवलमा भएको छ । शनिबार बुटवलको ह्यात प्यालेसका वल्र्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव नेपाल प्रमुख वक्ता रूपमा सहभागीता रहेको थियो ।
नेपालले उद्यमशीलता र प्रविधि सम्बन्धी आफ्ना चुनौती , समाधान र अनुभवहरू बताउनुभएको हो । उहाले आफ्नोव्यक्तिगत संघर्ष पत्रकारीता, शिक्षण पेशा हुदै रात्रीकालीन बस चालक हुँदै नेपालको सबैभन्दा ठूलो इन्टरनेट वल्र्डलिङ्क को सीईओ बन्न सफल भएको यात्राको विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले कामको शिलसिशलामा आएका अनुभवबाट नै अहिलेको अवस्थामा आउन सफल भएको बताउँदै काम कहिल्यैपनि सानो वा ठुलो नहुने बताउनुभयो । 
अनुभवले मानिसलाई थप उत्प्रेरणा र उर्जा थप्ने भन्दै उहाँले युवा उधमीहरुलाई उद्यमशीलताको अवसरमा अउने चुनौती र अवसरहरूबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यशालामा नयाँ उद्योग संयोजन, लगानी, नयाँ व्यवसायको सिर्जना, बौद्धिक सम्पत्ती, विद्युतीय बजारीकरणका विषयमा छलफल गरिएको थियो । युवा उद्यमी मञ्चका अध्यक्ष आर्दश श्रेष्ठले को अध्यक्षतामा भएको कार्यशाला उपस्थित अतिथिबाट ज्ञानमूलक उद्यमशीलता क्षेत्रबीचको दूरी न्यूनीकरण गरी व्यवहारिक ज्ञान र व्यवसायिक अवसरहरू बारेमा कार्यशालामा जोड दिदै धन्यबाद ब्यक्त गर्नभएका थियो ।











