बर्दघाट,१४ चैत । पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बस दुर्घटनाहुदा १५ जना घाईते र ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए । रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन सकेको छैन । मृतक तीनै जना पुरुष हुन् । गएराति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो । बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो ।
ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले जानकारी दिए ।
१) बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं. २४ को मरिचमान घर्तीमगर टाउको,नाक, अनुहारमा चोट अवस्था मध्यम ।
२) बस चालक ऐ। माडी बस्ने वर्ष अं।२४ को हिमाल घर्ती मगर शरिरको विभिन्न भादमा चोट अबस्था मध्यम
३) जिल्ला कञ्चनपुर कृष्णपुर गा।पा। ६ बस्ने वर्ष अं। २८ को लोकराज ओझाको टाउकोमा चोट अवस्था मध्यम ।
४) ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न।पा। ७ बस्ने वर्ष २४ को सागर चौधरीको अनुहारमा चोट अवस्था मध्यम ।
५) ऐ। बस्ने वर्ष १९ को जिवन चौधरी शरिरमा सामान्य चोट अवस्था सामान्य ।
६) जिल्ला काठमाडौ बस्ने वर्ष अं। २८ कि लक्ष्मी खत्रीको कम्मर र दुवै खुट्टामा चोट अवस्था मध्यम ।
७) जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं। १९ को किरण पुन मगरको अनुहारमा चोट अवस्था मध्यम।
८) ऐ। बस्ने वर्ष ४८ कि सुशिला नेपालीको खुट्टार अनुहारमा चोट अवस्था मध्यम।
९) जिल्ला रोल्पा माडि गा। पा। ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी टाउको खुट्टामा चोट अवस्था मध्यम ।
१०) ऐ। बस्ने वर्ष अं। ६२ को झुप बहादुर घर्तीको शरिरको अनुहारमा चोट अवस्था मध्यम ।
११) ऐ। ३ बस्ने वर्ष अं। ६२ को तिर्थ बहादुर पुन शरिरको विभिन्न भगमा चोट अवस्था मध्यम ।
१२) जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपालीको अनुहारमा चोट अवस्था मध्यम ।
१३) १ जना महिलाको अ।बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेको अवस्था सिरियस ।
चिसापानि अस्पतालमा उपचार भईरहेको घाईतेहरु स(
१४)जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ अवस्था सामान्य ।
१५)पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं। २९ को आषिक गुरुङ को अनुहारमा चोट अवस्था सामान्य ।
जिल्ला अस्पताल परासी परासीमा रहेका मृतकहरू
१) जिल्ला रोल्पा बागमारा बस्ने वर्ष अं। २५ को गोबिन बुढा ।
२) नामथर वतन नखुलेको अं। २५(२६ को मृतक ।
३ ) नामथर वतन नखुलेको पुरुष व्यक्ति घटना स्थलमा बसमा च्याप्पिएको उद्वार गरी जिल्ला अस्पताल पठाईएकोमा मृत्यु ।
मृतक ३ वटा शव जिल्ला अस्पताल परासीको शवगृहमा राखिएको ।











