बुटवलमा भोलि देखी क्यान बि-टु-सी समिट : एआइ तथा नयाँ प्रविधिको प्रदर्शनी गरिने

  • बुटवल, १२ चैत । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सक्रिय कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा भाेली शुक्रबारदेखि बुटवलमा २ दिने चैत १३ र १४ गते ‘डी-म्याक्स डिजिटल बि-टु-सी समिट’हुँदै छ ।
    कम्प्युटर एशोसिएसन नेपाल -क्यान महासंघ रूपन्देहीको आयोजनामा सूचना प्रविधिका नवीनतम् प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कार्यक्रमको टाइटल स्पोन्सर डी म्याक्स डिजिटल र एसोसिएट स्पोन्सर क्लाउड लिंक प्रा.लि. रहेका छन् । क्यान महासंघले विगत २६ वर्षदेखि देशभर सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम, सेमिनार, गोष्ठी तथा प्रदर्शनी गर्दै आएको सन्दर्भमा यो समिटलाई विशेष महत्वका साथ आयोजना गर्न लागिएको क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीले समिटमार्फत विश्व बजारमा आएका नयाँ प्रविधिबारे जानकारी गराउने, व्यवसाय विस्तारमा सहयोग पु¥याउने तथा उपभोक्ता र व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने लक्ष्य राखिएको बताए । २ दिनसम्म सञ्चालन हुने समिटमा क्यान महासंघका सदस्य संस्थासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूको सहभागिता रहनेछ । मुख्य प्रदर्शनी हलमा हार्डवेयर, सेल्स, पावर सोलुसन, सफ्टवेयरलगायत विभिन्न प्रविधिसम्बन्धी २८ वटा स्टल रहने छन् । कार्यक्रममा एचएमसी नेपाल प्रा.लि. प्लाटिनम स्पोन्सरका रूपमा रहेको छ भने कम्प्युटेक, हाइटेक इन्जिनियरिङ प्रा.लि. गोल्ड स्पोन्सर र शिफ्ट टेक्नोलोजी -पल्स प्रो), हन्ट की पीएनवाई, ह्याभिट सागर ग्रुप, सनसाइन कम्प्युटर, डिजिटल सप्लायर्स -शार्प) , खड्का इलेक्ट्रोनिक्स -भर्टेक्स) लगायत कम्पनीहरू सिल्भर स्पोन्सरका रूपमा सहभागी हुनेछन् । यसैगरी शाश्वत इन्टरप्राइजेज, केयर सिस्टम वर्क -केयर अकाउन्टिङ सफ्टवेयर) , युसफ्ट, टीपी–लिंक, डाइनामिक टेक्नोसफ्ट प्रा.लि. लगायत संस्थाहरूले कार्यक्रमलाई सहयोग गरेका छन् भने इन्टरनेट पार्टनरका रूपमा ब्रा ड्लिंक रहेको छ । सूचना प्रविधिको प्रदर्शनी गरिने समिटमा कुनै पनि सामानको खरिद बिक्री नगरी सिधै बुकिङ गर्न सकिने क्यान महासंघ रुपन्देहीका सचिव सुरेश भट्टराईले बताए । समिटको अन्तिम दिन व्यवसायीहरूबीच अन्तरक्रिया गराउने उद्देश्यले बिटुबि समिट पनि आयोजना गरिनेछ । यसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय आयात कर्ताबीच समन्वय र सहकार्य बढाउने विश्वास गरिएको छ ।
    कार्यक्रममा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण विभागीय प्रमुख, जनप्रतिनिधि, सरकारी अधिकारी, शैक्षिक संस्था, आईटी विद्यार्थी तथा व्यवसायीहरूलाई समिट अवलोकन गर्न आयोजकले आग्रह गरेका छन् । आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले सूचना प्रविधि क्षेत्रको समग्र विकासमा टेवा पु¥याउनुका साथै नयाँ प्रविधिसँग सर्वसाधारणलाई परिचित गराउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव नारायणप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनाल, क्यान महासंघ रुपन्देहीका पूर्व अध्यक्ष रामुदेव गौतम, वरिष्ठ उपाध्यक्ष बिरु क्षेत्रीलगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संरक्षकमा क्यान महासंघ लुम्बिनी प्रदेश र क्यान महासंघ केन्द्र रहेका छन् भने प्रबद्र्धकमा बुटवल उपमहानगरपालिका रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation