दाड,९ चैत । सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बुटवल स्टार्स र लायन्स क्लब अफ राप्ती क्यपिटलको सयुक्त आयोेजनामा भालुवाङ अस्पताल दाङ लाई ३० लाख रुपैयाँ बराबरको विभिन्न ल्याब्रोटरी उपकरण मेसिन प्रदान गरेको छ ।
सोम
बार भालुवाङमा एक कार्यक्रमको आयोजना गरी लायन्स इन्टरनेशनल ३२५ एन नेपालका डिष्ट्कि गर्भनर ज्ञानेन्द्र श्रेष्ठ ,लायन्स इन्टरनेशनल ३२५ पि का फस्ट भिडिजी संन्दिप कसौधनले अस्पतालका व्यस्थापन समितिका अध्यक्ष सुर्य प्रकास शर्मा तथा मेडिकल सुपरिटेन्डेन्ट डा.आकास बेल्वासेलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो ।उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै ३२५ एन नेपालका डिष्ट्कि गर्भनर ज्ञानेन्द्र श्रेष्ठले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ बुटवल स्र्टासले गरेको कार्य सहानीय रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पि का फस्ट भिडिजी संन्दिप कसौधनले सामाजिक क्षेत्रमा क्लवले महत्पूर्ण कार्यक्रम गर्दै आएको बताउनुभएको थियो। उहाँले सबैको सहकार्यले गर्दा नै समाज परिर्वतनमा लायन्स सामाजिक क्लबहरुले मुख्य भूमिका खेलेको बताउनुभएको थियो ।
ल्याब्रोटरी उपकरणले थाइराइड, भिटामिन डि,वि भिटामिन वि १२,क्यान्सर मार्करहरु लगाएत ल्याभ सम्बन्धी सम्पूर्ण काम गर्न मिल्ने २ वटा मेसिन हस्तारण गरिएको संयोजक मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लब आफ बुटवल स्टार्सका प्रथम उपाध्यक्ष डिएस भट्टराई ,क्लवका सचिव पिताम्बर अर्यालको सञ्चालनमा भएको थियो।












