काठमाडौँ,६ चैत। गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) शनिबार परेको जानकारी गराएको छ । मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार यो वर्षको ईद शनिबार परेको जानकारी गराउँदै इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेको छ ।
मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सूचनामा उल्लेख छ।












