प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेट

  • काठमाडौँ,२७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेट वार्ता भएको छ । मंगलबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचन सम्पन्न गर्न भारतले सवारी साधन लगायतका विभिन्न भौतिक सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिएकी हुन्।
    भेटका क्रममा राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको निर्वाचन र स्थिरताका लागि सहयोग गर्नु भारतको कर्तव्य भएको उल्लेख गरे। निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता छिमेकी राष्ट्रका रूपमा भारतका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने राजदूत श्रीवास्तवको भनाइ थियो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विविध विषयमा छलफल भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation