काठमाडौंबाट ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ

  • काठमाडौँ,२७ माघ । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रमा तामाकोशी नदीमा खसेको छ। बा ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेर कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
    उद्धार कार्यमा संलग्न प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation