सौर्य एयरलाइन्सले पायो पुनः उडान अनुमति

  • काठमाडौँ,२६ माघ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई फेरि उडान अनुमति दिएको छ ।
    प्राधिकरणका अनुसार, नेपाल सरकारले गठन गरेको हवाई दुर्घटना अनुसन्धान आयोग र प्राधिकरणले सौर्य एयरलाइन्ससँगै अन्य एयरलाइन्सलाई दिइएका सुरक्षा सिफारिसहरू पूर्ण रूपमा पालन गरेपछि, साथै आवश्यक टेक्निकल सफ्टवेयर खरिद र जडान गरी सुरक्षा मापदण्डमा ६५ प्रतिशत भन्दा बढी अंक प्राप्त गरेपछि, निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले कम्पनीलाई उडान अनुमतिपत्र नवीकरण गरेका हुन् ।
    ९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए । सौर्य एयरलाइन्सको उडान अनुमति प्रमाणपत्र प्राधिकरणले ३० साउन २०८२ मा प्रतिबन्ध फुकुवा गरेको थियो । तर, सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम प्राप्ताङ्क आएका कारण उडानमा भने प्रतिबन्ध कायमै थियो ।नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) पाएसँगै सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गरी पुनः नियमित उडान सुरु गर्ने भएको हो । कम्पनीले तत्काल एउटा विमानबाट सेवा दिने तयारी गरेको कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation