बैतडी,२३ माघ । बैतडीको पुर्चाैडी नगरपालिका–७ मा
दुर्घटना हुँदा १३को मृत्यु भएको छ भने ३४ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरू बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्र रहेका छन् । जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो ।दुर्घटनामा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दीपकराज जोशी र ४५ वर्षीय किसनदत्त जोशी छन् ।











