उच्च अदालत बुटवलमा विशेष सुविधा सहितको नागरिक सहायता कक्ष

  • बुटवल,२३ माघ । उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा सेवाग्राहीहरुको सहजताको लागि विशेष सुविधा सहितको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अधिकृत स्तरका कर्मचारीले सहायता आवश्यक पर्ने कर्मचारीहरुको लागि सहजता प्रदान गर्ने गरी सहायता कक्ष स्थापना गरिएको हो ।
    नागरिक सहायता कक्षको एक विशेष कार्यक्रमका विचमा उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायाधिश बासुदेव आचार्यले शुभारम्भ गरेका हुन । कार्यक्रममा अदालतका रजिष्ट्रार कर्मचारी सहित उच्च अदालत एशोसीयसन अध्यक्ष गोविन्द मरासीनी, उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सन्देश श्रेष्ठ सहित सेवाग्राहीहरुको सहभागीता रहेको थियो ।
    उच्च अदालत तुलसीपुर बुटवल ईजलासका सूचना अधिकारी धिरेन्द्र कुमार सुवेदीका अनुसार नागरिक सहायतका कक्षमा अलमलमा परेका सेवा ग्राहीहरुलाई सेवा प्रवाहमा सहजीकरण गर्ने, ईजलास शाखा तथा फाँटबाट हुने काममा सहजीकरण गर्ने शाररिक रुपमा असमर्थ भएका व्याक्तिहरुको लागि सहायता दिने गरी छ । यस्तै अदालतको सेवा प्रवाहलाई चुस्त दुरस्त प्रभावकारी गराई जनआस्था प्रर्वद्धन गर्न सघाउ पुग्ने विश्वास समेत लिएकाे सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation