चुनावी सुरक्षालागी नेपाली सेना २१ माघदेखि फिल्डमा

  • काठमाडौं,१९ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार यही माघ २१ देखि नेपाली सेना परिचालन हुने भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए ।
    अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरु पनि सुरु भएका छ उनीहरुले आवश्यकता अनुसार गस्ती पेट्रोलिङ गर्ने बताइएको छ । निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । विकट ठाउँहरु तथा अतिसंवेदनशील क्षेत्रहरुमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको छ ।संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation