काठमाडौँ,१५ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ। आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट दंगा नियन्त्रणका उपकरणसहित आवश्यक सवारी साधनहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि बजेटीय सीमितता रहेको अवस्थामा प्राप्त यो सहयोगले निर्वाचन प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।
भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउने ६५० सवारी साधनमध्ये २५० वटा यसपटक हस्तान्तरण गरिएको र बाँकी सवारी आगामी साताभित्रै उपलब्ध गराइने जानकारी कार्यक्रममा सहभागी भारतीय पक्षले दिएको थियो। निर्वाचनलाई लक्षित गरी अनुदानमा प्राप्त यी सवारी साधन नेपाल सरकारले स्वीकार गरेको अर्थमन्त्री खनालले स्पष्ट पारे।











