रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालबालिका महिला हरुलाई ७ दिने व्यावसायिक तालिम कार्यक्रमको उद्घाटन

  • भैरहवा,१० माघ । रोटरी इन्टरनेशनलको जनवरी महिनाको थिम “Vocational Month” को अवसरमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले मायादेवी गाउँपालिका वडा नं. ७, मर्चहवामा बालबालिका तथा महिलाहरूका लागि ७ दिने क्रिस्टल को माला, अंगूठी, चूरा, बनाऊने व्यावसायिक (Vocational) तालिम कार्यक्रमको औपचारिक उद्घाटन गरेको छ।
    उद्घाटन कार्यक्रम क्लब अध्यक्ष रोटेरियन विष्णु शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का असिस्टेंट गभर्नर रोटेरियन शिव गौडेल रहनुभएको थियो भने विशिष्ट अतिथि पूर्व अध्यक्ष रोटेरियन हीरा शाहको उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक पूर्व अध्यक्ष रोटेरियन प्रेम शर्मा रहनुभएको थियो भने प्रेसिडेंट इलेक्ट रोटेरियन गंगाधर भण्डारी , रोटेरियन गोपाल आचार्य, Rtn बिक्रम मल्ल को पनि सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रोटेरियन उपेन्द्र यादवले गर्नुभएको थियो।
    कार्यक्रममा संयोजक तथा पूर्व अध्यक्ष रोटेरियन प्रेम शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै रोटरीले समाजमा सीप विकास, महिला सशक्तिकरण तथा आत्मनिर्भरताको क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि सहायक गभर्नर रोटेरियन शिव गौडेलले शुभकामना मन्तव्य दिँदै रोटरीको भूमिका र वर्तमान समयमा सीप विकासको आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँले महिलाहरूमा सीप विकास भएमा परिवार र समाज दुवै सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।

    क्लब अध्यक्ष रोटेरियन विष्णु शर्माले कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै तालिमले सहभागी महिलाहरूलाई व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको बताउनुभयो। साथै उहाँले कार्यक्रमको धन्यवाद ज्ञापन समेत गर्नुभयो।

    तालिमको ७ दिने कार्यतालिकाबारे ए फोर ट्रेनिङ इन्स्टिच्युटकी प्रशिक्षक सुनीता पाठकले जानकारी गराउँदै दैनिक ४ घंटा को प्रशिक्षण तालिमबाट सीप, आत्मविश्वास र आम्दानीको अवसर सिर्जना हुने बताउनुभयो।

    उक्त कार्यक्रमले स्थानीय समुदायका महिलाहरूको सिप विकास गरी आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation