मानपकडि,१८ पुस । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको संचालित योजना तथा कार्यक्रमहरुको आव २०८२/८३ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम शुक्रबार कार्यालयको सभाहलमा सम्पन्न भएको छ।गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको २०८२/८३ को साउन १ गतेदेखि कार्तिक मसान्तसम्मको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा सातै वडाका वडा अध्यक्षहरुको उपस्थितिमा भएको समिक्षा कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखा प्रमुख वडा सचिवहरुले संचालन भएका योजना,कार्यक्रम सहित भौतिक र आर्थिक प्रगति प्रस्तुत गरेको थिए।शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले यस पालिकाको चालु बर्षमा विनियोजीत बजेट तथा कार्यक्रमहरु समयमा सक्ने गरी विशेष कार्य योजना बनाई कार्यक्रमहरु अगाडि बढाउने र समिक्षामा आएको सबैै सुझावलाई ग्रहण गरि जनताको माग र आवश्यकताको आधारमा विकास निमार्णको कामलाई अगाडी बढाउन निर्देशन दिनुभएको थियो।उहाँले बजेट कार्यान्वयनलाई उपलब्धिमूलक बनाउने र गाउँपालिकाका गतिविधि जनताको सहभागीता बाटै अगाडी बढ्ने बताउनुभयो।
चौमासिक प्रगती समिक्षा कार्यक्रममा उठेका सवालको जवाफ दिदैँ प्रमुख प्रसाशकिय अधिकृत लेख बहादुर बस्नेतले गाउँपालिकाले प्रवाह गर्ने सेवा सरलसहज रुपमा छिटो छरितो र चुस्त दुस्त बनाउन पालिकाको सबै टिमनै प्रतिबद्ध रहेको र अगामी दिन हरुमा पनि सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गरिने र उठेका कमीकमजोरी लाई मध्यनजर गरी अगामी दोस्रो समिक्षामा चुस्त दुस्त बनाउने बताउनु भयो।
शुद्धोदन गाउँपालिका ३ का वडा अध्यक्ष हेम खड्का,४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रब्क्ता केशवप्रसाद अधिकारीले यस पालिकाका जनप्रतिनिधि र कर्मचारी हरु एक जुट भएरै पालिकाको विकासको निम्ति लागि पर्नेमा जोड दिनुभयो।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र पालिका प्रशासन शाखा तुल्सा अर्यालको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।












