काठमाडौँ ,१२ पुस । निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ ।
आयोगले मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ म भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ उमेर पुरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरिएको जनाएको छ । मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न वेबसाइट www.election.gov.np मा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ । 











