बुटवल,२८ मंसिर । नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको SCOPE for SRHR परियोजना अन्तर्गत प्रदेशस्तरीय तथा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रम मिति २०८२ मंसिर २५ र २६ गते (बिहीबार र शुक्रबार) दाङ र तिलोत्तमामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आगामी दिनमा यस परियोजनासँग सहकार्य गर्दै परियोजनाका गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूको क्च्ज्च् विषय अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवले अपाङ्गता भएका व्यक्तिहरूको क्च्ज्च् विषय अधिकार र दायित्वसँग प्रत्यक्ष सम्बन्धित रहेको बताउँदै सामाजिक विकास मन्त्रालयले समेत अभिभावकको भूमिकामा रही आवश्यक उत्तरदायित्व वहन गर्ने स्पष्ट पार्नुभयो। उहाँले परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको मुख्य उद्देश्य परियोजनाको लक्ष्य तथा गतिविधिबारे सहभागीहरूलाई अभिमुखीकरण गर्नु, सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्नु तथा अपाङ्गता क्षेत्रमा कार्यरत सरोकारवालाहरूको दायित्वबोध गराउँदै प्रतिबद्धता संकलन गर्नु रहेको थियो।
कार्यक्रममा संस्थाको परिचय तथा कानुनी आधारबारे नेत्रहीन युवा संघ नेपालका सल्लाहकार कलाकार भण्डारीले सहजीकरण गर्नुभएको थियो भने परियोजनाको उद्देश्य, गतिविधि तथा कार्यान्वयन पक्षबारे परियोजनाका फिल्ड अफिसर विशाल न्यौपानेले विस्तृत रुपमासहजीकरण गर्नुभएको थियो।
दाङमा प्रदेश सरकारअन्तर्गत विभिन्न मन्त्रालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने तिलोत्तमामा सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिधि तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम नेत्रहीन युवा संघ रुपन्देही शाखाका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता तथा संस्थाका सदस्य समिक्षा ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो ।











