बुटवल ,२३ मंसिर । लायन्स क्लब अफ बुटवल युथको आयोजना एवं गैडहवा गाउँपालिकाको व्यवस्थापन रआस्था डेन्टल केयर प्राली र फेक्ट नेपाल काठमान्डौ द्वारा डेन्टल सीविर , बुटवल लाइन आँखा अस्पताल द्वारा आखा सिविर , नेपाल परिवार नियोजन सङ्घ नेपाल द्वारा पाठेघर चेकचाज तथा परामर्स एव प्राविधिक सहकार्यमा गैडहवा गाउँपालिका वडा न 8 मा सञ्चालन गर्न लागिएको वृहत निसुल्क स्वास्थ्य जाच तथा उपचार सिविर सम्पन्न
क्लब का अध्यक्ष सूर्य पाण्डे को अध्यक्षता मा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि लायन्स इन्टरनेसनल थ्री टु फाइभ पिका डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लाइन बालाराम भट्टराई
विशिष्ट अतिथिका प्रमुख प्रशासकीय अधिकृत रोमानाथ न्यौपाने
गैडाहबा गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भुवन बहादुर रानामगर
कार्यक्रम सञ्चालन लायन्स क्लब अफ बुटवल युथका सचिव लाइन प्रदिप कुमार विश्वकर्मा स्वागत मन्तव्य पूर्व अध्यक्ष एवं कार्यक्रमएम जेएफ लाइन नेमत अलि
कार्यक्रममा बोल्ने वक्ताहरू
गैडहवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भुवन बहादुर राणामगरले यस प्रकृतिका कार्यक्रमहरू क्लबलेगरेकोमा क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरुमा पूर्ण सहकार्य गर्ने प्रतिबद्धता गर्नुभयो।
त्यसैगरी गैडवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमानाथ न्यौपानेले यस कार्यक्रममा बोल्दै लायन्स क्लबहरूले यस्ता प्रकृतिका कार्यक्रमहरू धेरै गर्दै आएको व्यहोरा अवगत गर्दै गैडहवा गाउँपालिकामा पनि धेरै यस्ता प्रकृतिका कार्यक्रमहरू क्लबहरू र गाउँपालिकाको समन्वयमा भएको व्यहोरा अवगत गराउनुभयो। अघिल्लो वर्ष पनि लायन्स क्लब अफ बुटवल युथले यसै गाउपालीका वडान 9करिब ६०० जना लाभान्वित हुनेगरी मेघा हेल्थ शिविर सञ्चालन गरेको स्मरण गर्दै भविष्यमा यी यस्ता प्रकृतिका सामाजिक सेवाका कार्यहरूमा सधैं अग्रसर भइदिनुहुन आग्रह गर्नुभयो। गैडवा गाउँपालिका यी यस्ता काम गर्ने सामाजिक संस्थाहरूलाई सधैं सहयोग गर्न तत्पर रहेको व्यहोरा पनि अवगत गराउनु भयो।
आजको यस कार्यक्रममा करिब २७० जना जतिको आँखाको चेकजाँच औषधि एवं चस्मा वितरण तथा मोतिया बिन्दु भएकाहरुलाई निःशुल्क अपरेसनको निमित्त आँखा अस्पताल बुटबलमा जानको निमित्त अनुरोध गरेको व्यहोरा बुटवल लाइन आँखा अस्पतालबाट खटिनु भएको लाइन मनोहर न्यौपाने ज्यूले जानकारी दिनुभयो ।
त्यसैगरी डेन्टल सम्बन्धी करिब ६० जना जतिले दाँत निकाल्ने र करिब १५० जना जतिको दाँत सम्बन्धी समस्याहरूको चेक जाँच एवं औषधि वितरण गरिएको गरिएको व्यहोरा आस्था डेन्टल केयरबाट खटिनु भएका डाक्टर सीमा थारुले जानकारी गराउनुभयो।

त्यसैगरी आजको यस कार्यक्रमको मुख्य मुख्य शिविर महिलाहरूको प्री क्यान्सर रिजन चेकजाँच (via test) मा करिब ११५ जना जति महिलाहरूको चेकजाँच गरिएको नेपाल परिवार नियोजनसंघबाट शिविरमा खटिनुभएको डाक्टर विष्णुकुमारी गुरुङजीले जानकारी दिनुभयो ।
यो भिआइए टेस्ट भनेको भविष्यमा हुनसक्ने क्यान्सरका जोखिमहरूको बारेमा चेक गर्ने एउटा प्रविधि हो।
यसै शिविरमा करिब १४५ जनाको सुगर टेस्ट गरिएको सुगर टेस्ट सम्बन्धी खटिनु भएका एच ए अस्मिता रोकाले जानकारी गराउनुभयो ।











