डिजेल र मट्टितेलको मूल्य घट्यो

  • काठमाडौ,१४ मंसिर । भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो । मूल्य घटेसँगै १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १४५ रुपैयाँ ९दोस्रो वर्ष० र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ ।
    हवाई इन्धनमा भने प्रति लिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकोले आन्तरिकतर्फ प्रति लिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्‍याइएको निगमले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation