कालिका मानवज्ञानमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ती

  • बुटवल,२८ कार्तिक । बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान माविको कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थीहरुको प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गरिएको छ । सेक्टर १ कालिकानगरमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी कक्षागत रुपमा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुको साथै ९८ जना विद्यार्थीलाई ६ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ती प्रदान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यक्षक पिताम्बर बन्जाडे सहित विहानी तथा दिवा क्षेत्रका विभिन्न संकायका ईन्चार्जहरुको सहभागीतामा पुरस्कार वितरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुले ल्याएको नतिजाले निरन्तरता पाउनुपर्ने र शत प्रतिशत विद्यार्थीले राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिएका थिए । साथै प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरुले मिहिनतलाई निरन्तता दिनुपर्नेमा जोड दिएका थिए । विद्यालयका परीक्षा शाखा संयोजक युवराज कण्डेलका अनुसार जीपीए ३.५ ल्याउने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको हो । साथै विभिन्न सेक्सन, संकायमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको हो । साथै सेक्टर २ रामनगरमा पनि अभिभावकहरुको सहभागीता विद्यार्थीहरुको नतिजा समिक्षा कार्यक्रम गरिएको छ । कक्षा ११ र १२ का व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकरुको सहभागीता शैक्षिक नतिजा र आगामीदिनमा विद्यालयले गर्नुपर्ने कार्यको समेत विषयमा अभिभावकहरु संगबाट विशेष शुझाव समेत संकलन गरिएको सेक्टर २ रामनगरका ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation