बुटवल,२८ कार्तिक । कार्तिक ।
एबिलिस फाउन्डेसन र रोटरी क्लव अफ तिनाउ बुटवलको सहयोग, अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजना र सुस्तमन:स्थिति बालविद्या मन्दिर बिद्यालयको समन्वयमा पुर्ण मा अतिअशक्त ( मस्तिष्क पक्षाघात मस्कुलर डिस्ट्रोफी सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना विफिडा लगायत ) अपाङ्गता भएका व्यक्तिहरुका लागि बोसिया खेलकुद जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
सुस्तमनःस्थितीबाल विद्या मन्दिर बुटवलमा आयोजना गरिएको कार्यक्रममा अतिअशक्त ( मस्तिष्क पक्षाघात मस्कुलर डिस्ट्रोफी सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना विफिडा लगायत ) अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता रहेको थियो ।
नेपाल बोसिया एशोसीयसनका अध्यक्ष गोमा पौडेलले कार्यक्रममा सहजीकरण गर्दे अतिअशक्त ( मस्तिष्क पक्षाघात मस्कुलर डिस्ट्रोफी सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना विफिडा लगायत ) अपाङ्गता भएका व्यक्तिहरुका भित्र क्षमता विकास संगै उनिहिरुको बौद्धिकताको वृद्धिका लागि समेत प्रर्दशनी तथा प्रतियोगीता आयोजना गरिएको बताईन् ।
बोसीया एशोसीयसनका अध्यक्ष गोमा देवी पैडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानरपालिका वडादनम्बर ७ का अध्यक्ष पदम राज गाहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गाहाले विभिन्न प्रकृतिका अपांगता भएका व्यक्ति र बालवालिकाहरुको विकासका लागि यी र यस्ता प्रकृतिका कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
कायर्यक्रममा सुस्त मनस्थिति बालविद्या मन्दिर का अध्यक्ष लोक राज भुषाल, बुटवलल उपमहानरपालिका शिक्षा शाखा अधिकृत यादवचन्द्र विष्ट, राष्ट्रिय अपाङ, महासंघ नेपाल का संघीय सदस्यतथा अपांगता संमन्वय समितिका सदस्य सावित्रा घिमिरे, बौद्धिक अपांगता अभिभावक संघका संघीय सदस्य यमलाल मरासिनी , रोटरी क्लब अफका संस्थापक अध्यक्ष देवी वाग्ले, रोटरी क्लब अफ तिनाउ वुटवल अध्यक्ष– उमा आचार्य,अपाङ्गता महिला संघ रुपन्देही काअध्यक्ष – कल्पना ढकाल लगायतले आ आफ्नो भनाई राख्दै यी र यस्तो प्रकृतिका कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्नुपर्ने धारणा राखेका थिए ।
कामक्रममा स्वागत सुस्तमनिष्स्थीत वाल विद्या मन्दिर बुटवलका प्रधानाध्यापक मिना भुषाल पाठक गरेकी थिईन् । रोटरी क्लव अफ बुटवल तिनाउले कार्यक्रममा सहभागी बालबालिकाहरुको लागि पोषाक समेत प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन महेश्वर घिमिरे ले गरेका थिए ।












