राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य :अस्पताल

  • काठमाडौं ,२५ असोज। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
    स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ। हाल सम्माननीय ज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ ।
    शनिबार जेन जेड प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation