बुटवल,२३ असोज । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति संग मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पछिल्लो समयमा मानसिक समस्या विश्वव्यापीरुपमा बढ्दै गएको कारण सबैले समयमा नै सचेत हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा सहजीकरण गर्दै प्रोफेसर डा. अनमोल जंग कार्कीले मानसिक स्वास्थ्य सम्बन्धी विविध पक्षामाथि सहजीकरण गर्दै समयमा नै मानिसिक स्वास्थ्यको अवस्था बारेमा जन्न र बुझ्न सकेमा यसले दीर्घकालीन समस्या बाट समेत जोगाउन सकिने बताएका थिए । मानसिक समस्या एक जना व्याक्तिको मात्रै समस्या नभएको भन्दै यसको प्रभाव सिंगो समाज, देश र विश्वमा समेत पर्ने यसमा सबैले बेलैमा सचेत हुनुपर्ने बताए । कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष राजन जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, केन्द्रीय सदस्य रामराज पोखरेल, लायन्स डिष्ट्रिक सचिव एम.एल पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।
लायन्स डिष्ट्रिक का सदस्य, पदाधिकारीहरु, नेपाल पत्रकार महासंघका सल्लाहकार सहित पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो । लायन्स क्लवको वल्ड मेन्टल हेल्थ एड वेल विङ्ग वीक अन्र्तगत रुपन्देहीमा लायन्स क्लव अफ बुटवल स्टार्सले पत्रकार महासंघ रुपन्देहीका पदाधिकारीहरुका विचमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।











