भोलि बिहान सम्पर्कमा आउनुहोला भन्दै जंगीअड्डाबाहिर सेनाको माइकिङ

  • काठमाडौँ,२५ भदौ । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेन जेड प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।
    जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेन जेडले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।को को हुनुहुन्छ नेतृत्वकर्ता, कति जना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक(एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’
    बुधबार दिउँसो जेन जेड प्रतिनिधिले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation