काठमाडौँ,२४ भदौ। काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनापतिले प्रदर्शनकारीलाई अपिल गर्न लागेको सेनाका एकजना उच्च अधिकृतले खबरखातालाई बताए । प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने भएका छन्।
जेन जेड आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई सम्बोधन गर्ने तयारी भएको र शान्ति(सुरक्षा कायम गर्न सबैलाई संयमित रहन अपिल गर्ने सेनाका उच्च स्रोतले जानकारी दिएको छ ।











