बुटवल ,२४ भदौ । बुटवलमा भीषण वर्षाको प्रवाह नगरी इलाका प्रहरी कार्यालय जेनजिहरुले घेराउ गरेका छन ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बिहान ९:३० बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरे पनि साढे ११ बजेदेखि बुटवल, सैनामैना, तिलोत्तमा लगायतका क्षेत्रमा प्रदर्शन सुरू भएको थियो।
बुटवलको राजमार्ग चौराहामा जम्मा भएका जेन-जीहरूको समूह वर्षाको पानीमा भिज्दै प्रदर्शनमा सहभागी भए।
राजमार्ग चौराहादेखि सुरक्षाकर्मीहरू सँगै गएका प्रदर्शनकारीहरूले प्रहरी कार्यालयका मुख्य गेट अगाडि प्रदर्शन गरेका छन्।
प्रहरीले गेट बन्द गरेर प्रदर्शनकारीलाई भित्र प्रवेश गर्न रोकेको छ। बुटवलमा अहिलेसम्म कुनै अप्रिय घटना भने हुन पाएको छैन।











