भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सन्तोष परियार

  • काठमाडौँ,२७ जेठ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।आफूहरूले उठाएका मागका बारेमा काँग्रेसका नेताहरू असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए ।
    परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरे पनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको बताए।
    परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने स्पष्ट पारेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation