पाल्पा,२३ जेठ । पाल्पा जिल्लाको रामपुर नगरपालिका ५ नं। वडा कार्यालयले वाद्यवादन सामग्री प्रदान गरेको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न वडाभित्रका भजनकृतन समूह र मठमन्दिरहरुलाई हार्मोनियम, मादल र मजुरा लगाएतका वाद्यवादन प्रदान गरेको हो । वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरी मन्दिर व्यवस्थापन समिति तथा भजन कृतन समूहलाई वाद्यवादन हस्तान्तरण गरेको हो । रामपुर नगरपालिका ५ नं। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । वाद्ययवादन सामग्री वितरण गर्दै प्रमुख अतिथी रमण बहादुर थापाले वडा कार्यालयले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्दै आध्यात्मिक क्रियाकलापहरूले संस्कृतिको संरक्षण गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा र चेतना फैलाउन सहयोग गर्ने बताए । उनले भने आध्यात्मिक सोचले सधैं मानिसलाई सही मार्गमा हिड्न प्रेरित गर्ने भन्दै विकास निर्माणमा पनि महत्वपूर्ण टेवा मिल्ने बताए ।सबैैको सकारात्मक सोच र सहयोगले मात्र विकास निर्माणका गतिविधिलाई गति प्रदान गर्न सकिने बताए । वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले संस्कार र संस्कृतिको जगेर्नाका लागि वाद्यवादन सामग्री प्रदान गरिएको जानकारी दिए । यस वर्ष ८ वटा समूह तथा मठमन्दिरलाई सामग्री प्रदान गरिएको र बाँकी रहेका मठमन्दिर र समूहहरूलाई पनि आगामी वर्षको सुरुवातमा सामग्री प्रदान गर्ने योजना रहेको बताए ।
वडा कार्यालयले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकम बाट शिव शक्ति दुर्गा मन्दिर बेझाँड, राधा–दामोदर मन्दिर मटेरी, कोइलीटारी मन्दिर, जेष्ठ नागरिक वाटिका दध्रान, दुर्गा मन्दिर ९नहर अफिस०, सुन्दरटोल भजन समूह, शिव मन्दिर भम्बक र राम मन्दिरलाई १र१ सेट हार्मोनियम, मादल र मजुरा वितरण गरिएको छ । कार्यक्रम कार्यक्रम वडा सदस्य युवराज शाहीको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।











