बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु

  • बुटवल,८ जेठ।बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि दुई दिने तालिम संचालन गरेको हो । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ५० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिनुभयो । तालिमको उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महसंघका केन्द्रिय सदस्य रामराज पोखरेलले प्रविधिको विकाससंगै पत्रकारले आफुलाई अपडेट गर्नुपर्ने बताए। प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफुलाई परिस्कृत गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईले पत्रकारको क्षमता विकासका लागि तालिम र फेलोशिपका कार्यक्रम ल्याइएको बताए। उनले एक करोड राशिको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, लुम्बिनीका उपाध्यक्ष मिना ढकाल लगायतले बोल्नुभएको थियो । तालिममा सूचना प्रविधि विज्ञ उज्जवल आचार्यले प्रशिक्षण दिनुभएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation