३ प्रमुख जिल्ला अधिकारी र ४ सहसचिव सरुवा

  • काठमाडौँ १५ बैशाख। तीन जना प्रमुख जिल्ला अधिकारी९प्रजिअ० सहित चार जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरेको हो ।
    यसैगरी मन्त्रालयका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँको प्रमुख जिल्ला अधिकारी मा पदस्थापन गरिएको छ भने बद्रीनाथ गैह्रेलाई दैलेख र बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।
    तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय रामेछाप, रामेछापका प्रमुख जिल्ला अधिकारी एवं उपसचिव राजु प्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय रामेछाप, रामेछापका प्रमुख जिल्ला अधिकारी एवं उपसचिव राजु प्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation