माइतीघर–बबरमहल क्षेत्रमा आज शिक्षकहरूको आन्दोलन

  • काठमाडौँ ३० चैत। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासङ्घले शनिबार ११ औँ दिन पनि माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन् ।नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । महासङ्घ र सरकारबिच निरन्तर छलफल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।
    महासङ्घले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हड्ताल समेत गरेका छन् । जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation