नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र

  • भैरहवा,२५ चैत ।नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुुझाएको छ । गत चैत १५ गते नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी समेत चार राजनितिक दल आवद्ध समाजवादी मोर्चा, नेपालद्वारा काठामाडांैको भृकुटी मण्डपमा बृहत् जन प्रदर्शन तथा विशाल जनसभाको आयोजना गरिएको बेला गणतन्त्र, सुशासन, र समाजवादको पक्षमा लाखौ जनता सडकमा उत्रिरहेका बेला राजावादीहरुले हिंसात्मक गतिविधि गर्दा राज्य चुप लागेर बसेकोले सच्चिन माग गर्दै ज्ञापन पत्र बुुझाएको नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले बताए ।

    समाजवादी मोर्चाको कार्यक्रमलाई असफल पार्ने कुत्सित मनसायले कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले सोही दिन योजनाबद्ध रुपमा कार्यक्रम जुधाई तिनकुने, काठमाडौमा उदण्ड, विध्वंसात्मक, अराजक तथा आततायी घटना घटाए। गणतन्त्र स्थापनाकालागि हाम्रो पार्टीले खेलेको भूमिकाबाट विचलित रहँदै आएका तत्वहरुले आलोकनगर स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालयलाई केन्द्रित गरी योजनाबद्ध आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरे। उक्त दिन त्यो अराजक भिडले तिनकुने, कोटेश्वर, वालकुमारी र जडिबुटी क्षेत्रमा जनताको नीजि घर सम्पत्ति, पसल, सुपर मार्केट, कार्यस्थल, राष्ट्रिय औद्योगिक प्रतिष्ठान (जडिबुटी औषधि प्रशोधन केन्द), संचार माध्यमका कार्यालय, सवारी साधन, नीजि तथा सरकारी यातायातका साधनहरू तोडफोड गर्ने तथा जलाउने, लुटपाट मच्चाउने, पत्रकारलाई ज्यूँदै जलाउने जस्ता रक्तपात पूर्ण एवम् हियात्मक कार्य समेत गरेकाले आपराधिक घटनामा संलग्न व्यक्तिहरू र तिनका मतियारहरूलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

    आन्दोलनमा घाइतेहरूको निशुल्क उपचार गर्न, उक्त घटनामा ज्यूदै जलाइएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई सहिद घोषण गर्न, क्षति भएका सम्पत्तिको क्षति पूर्ति गर्न, हिंसा र अराजक गतिविधिहरूलाई नियन्त्रण गर्न, नेपालको संविधानको संरक्षण र नागरिकको ज्युज्यान तथा सम्पत्तिको सुरक्षा गर्न सचिव टंक पोखरेलले माग गरे । सोमवार पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation