पक्लिहवा माध्यमिक विद्यालयको ६६औं स्थापना दिवस सम्पन्न

  • बुटवल, २२, चैत । श्री पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवाको ‘६६औं स्थापना दिवस तथा अभिभावक भेला २०८१’ सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा एक कार्यक्रमको विच सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको सभापतित्वमा भएको उक्त कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य माननीय देवि प्रसाद चौधरी प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा बोल्दै माननीय चौधरीले शिक्षाको विकाश विना कुनै पनि क्षेत्रको विकाश सम्भव नरहेकोले राज्यले शिक्षामा थप लगानी गर्नुपर्ने, स्रोत र साधनको सीमितता रहेता पनि सामुदायिक विद्यालयले संस्थागत विद्यालय भन्दा कुनै कुराले कम नरहेको भनेर विद्यार्थी संख्या र नतिजामा पनि प्रमाणित गर्नुपर्नेमा जोड दिनु पर्ने बताउनुभयो ।
    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष छेदीलाल श्रीवास्तव, सिनपा वडा नं. १ का जनप्रतिनिधि हरिमाया गुरुङ्ग, सिनपाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, बेलहिया मा.वि.का व्यवस्थापन समिति अध्यक्ष देवराज न्यौपाने, प्रधानाध्यापक बसन्त कुमार बस्नेत, समाजसेवी सुरेन्द्रजंग थापा, कृष्ण खनाल,लेखनाथ भट्टराई लगायतले विद्यालयको विगतको इतिहास, समाज रुपान्तरणमा यसले गरेको योगदान, शिक्षा क्षेत्रको विकाशमा नयाँ कार्ययोजना, भुमिका तथा असल नागरिकको निर्माणमा विद्यालयले पारेको प्रभावको बारेमा विभिन्न धारणाहरु राख्नुभएको थियो ।
    कार्यक्रममा भुतपुर्व विधार्थी समाजका अध्यक्ष, सल्लाहकार तथा बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, जनप्रतिनिधि अनिल कुमार केसी, पुर्व वडाअध्यक्ष रमेश मल्ल, विजयनाथ धवल, श्याम खनाल, भविलाल पौडेल, टंक ज्ञवाली, योगेन्द्रनाथ पाण्डे, चेतन गुरुङ्ग, राकेश गुरुङ्ग, तेजेन्द्र गुरुङ्ग, राम प्रसाद सापकोटा, माधव शर्मा, सुमन शर्मा, नयाँगाउँ रानीगाउँ आमा समाजका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्रा–छात्राहरुले विभिन्न नृत्यहरु, तेक्वान्डो कला प्रस्तुत गर्नुभएको थियो भने सोही अवसरमा विद्यालयले नववर्ष २०८२ को लागि प्रकाशन गरेको भित्तेपात्रोको पनि विमोचन गरिएको थियो । विद्यालयका सह–प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत तथा शिक्षिका गिता पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation