जनप्रतिनिधि र कर्मचारीहरूलाई तनाव व्यवस्थापन तथा क्षमता विकास तालिम

  • बुटवल २२ , चैत । कञ्चन गाउँपालिकाको आयोजना र नेपाल विकास केन्द्रको सहजीकरणमा दुई दिने जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकास अन्तर्गत तनाव व्यवस्थापन सकारात्मक सोच नेतृत्व विकास योग र ध्यान एवं संगठन विकास तालिम सैनामैनामा सम्पन्न भएको छ ।
    तालिमको प्रशिक्षण अन्तर्राष्ट्रिय प्रशिक्षक डा। विजयराज सिग्देल, रिषी न्यौपाने,मोटिभेटर दिनेश खडका, प्रशिक्षक एवं संगठन विकासका विज्ञ राजु शर्मा,नेपाल विकास केन्द्रका अध्यक्ष एवं मोटिभेटर माधव सापकोटा,महिला सशक्तिकरणका सहजकर्ता एवं समा ग्रुप अफ कम्पनीका अध्यक्ष सरस्वती आचार्य र नेपाल विकास केन्द्रका उपाध्यक्ष लता खड्काले सहजीकरण गरेका थिए ।

    गाउँपालिकाका अध्यक्ष नवराज ढकालले रिबन काटेर तालिमको उद्घाटन गरेका थिए । कार्यक्रममा सरस्वती आचार्यको स्वागत मन्तव्य रहेको थियो भने विशिष्ट अतिथि कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले शुभकामना मन्तव्य व्यक्त गरीन् । तालिममा ४० जनाको सहभागिता रहेको थियो ।
    तालिमको समापन कार्यक्रममा वडा अध्यक्षहरूको तर्फबाट टिकाराम सापकोटाले तालिम अत्यन्तै प्रभावकारी रहेको र व्यक्तिगत एवं संस्थागत जीवनमा यसलाई प्रयोग गरेर उन्नत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
    यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले तालिम समय सापेक्ष रहेको, सेवाग्राहीका मागलाई सम्बोधन गर्न बजेटको लिमिटेसनको कारणले हुने गरेका तनावहरू पनि आगामी दिनमा तालिमका कारणले व्यवस्थापन गर्न सिकिएको बताए ।
    कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले तालिम अत्यन्तै प्रभावकारी रूपमा सहजीकरण भएको र यसले कर्मचारीले जनप्रतिनिधिको बीचमा सुमधुर समन्वय र सहकार्य स्थापित गर्न सहज भएको र आगामी गाउँपालिकाका योजनाहरू थप प्रभावकारी र सशक्त बन्ने विश्वास व्यक्त गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation