राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अधिवेशन चैत २२ गते सन्धिखर्कमा हुँदै,सम्बोधनका लागि केन्द्रीय नेता आउने

  •  

    अर्घाखाँची,९  चैत्र । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको पुर्ण वैठक नेकपा एमाले जिल्ला पाटी कार्यलय सन्धिखर्कमा सम्पन्न भएको छ। संगठनका जिल्ला अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षमा बसेको बैठकले राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला अधिवेशन चैत २२ गते शुक्रबार गर्ने निर्णय गरेको छ ।

    नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुषालको प्रमुख आतिथ्यता, उपाध्यक्ष तथा जनसंगठन सम्वन्नयन सम्यन्त्रका संयोजक शम्भु पोखरेलको विशेष आतिथ्यता, जिल्ला कमिटी सदस्य तथा फ्याक्सन इन्चार्ज नारायण वस्याल, संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विक्रम खनाल, प्रदेश कमिटि सदस्य अभिनव भुषाल, वसन्त केसी लगायतका नेताहरूको आतिथ्यता रहेको थियो।
    वैठकले यहि चैत्र १५ गते सम्म प्रतेक वडावाट १ महिला सहित २ खुल्ला प्रतिनिधि ल्याउने र बाकी कामको लागि विभिन्न उप समितिहरू गठन गरेको छ ।

    बैठकमा बोल्ने वक्ताहरूले राष्टिय युवा संघ नेपाल पाटीको महत्वपुर्ण भातृसंगठन भएको हुदा दशा़ै अधिवेशनलाई एतिहासिक बनाउन सम्पूर्ण युवाहरू लाग्नुपर्नेमा जोड दिए।साथै अधिवेशन उद्घाटनमा केन्द्रीय नेतृत्व तथा प्रदेश नेतृत्व आउने जानकारी संगठनका जिल्ला अध्यक्ष शोभाखर पाण्डेयले वताए। बैठकको सञ्चालन सचिव ऋषिराम पन्थीले गरेका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation