भैरहवा,७ असोज । विश्व शान्ति दिवसको अवसरमा शान्ति, सद्भाव, भाइचारा र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले भैरहवास्थित बुद्ध चोकमा संयुक्त प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ भैरहवा तथा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको नेतृत्व तीनै क्लबका अध्यक्षहरू रोटेरियन गंगाधर भण्डारी, रोटेरियन अजय कुमार गुप्ता र रोटेरियन विष्णु कुमारी थापाले गर्नुभएको थियो।

कार्यक्रममा वरिष्ठ रोटेरियन तथा Assistant Governor Dr. Shatdal Chowdhary, वरिष्ठ अधिवक्ता शिव गौडेल, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका Charter President Rtn. Bimal Senchury लगायत रोटरी परिवारका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा रोटरियनहरूका साथै उनीहरूका जीवनसाथी तथा परिवारजन, रोटर्याक्ट सदस्यहरू र समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
यस शान्ति अभियानमा रोटर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटर्याक्ट क्लब अफ भैरहवा, रोटर्याक्ट क्लब अफ सेन्ट्रल सियारी, रोटर्याक्ट क्लब अफ सेन्ट्रल रोहिणी, रोटर्याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटर्याक्ट क्लब अफ सिद्धार्थनगर तथा रोटर्याक्ट क्लब अफ लुम्बिनी बुद्धको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले विश्वमा शान्ति, सद्भाव, सहअस्तित्व र मानवताको उज्यालो फैलियोस् भन्ने कामनासहित सामूहिक प्रार्थना गर्दै दीप प्रज्वलन गरेका थिए। बुद्ध चोकमा प्रज्वलित दीपहरूले शान्ति र मानवताको साझा सन्देश प्रवाह गरेको थियो।
कार्यक्रमले विभिन्न Rotary तथा Rotaract क्लबहरूलाई एउटै उद्देश्यमा एकताबद्ध गर्दै “शान्तिका लागि एक दीप, विश्वका लागि एक प्रार्थना” भन्ने भावनालाई सार्थक बनाएको थियो।
कार्यक्रममा वक्ताहरूले शान्ति केवल एक दिन मनाइने अवसर नभई प्रत्येक व्यक्तिको सोच, व्यवहार र कर्ममा प्रतिबिम्बित हुनुपर्ने विषय भएको धारणा व्यक्त गर्दै सेवा, सहकार्य, सद्भाव र मानवतामार्फत दिगो शान्तिको आधार निर्माण गर्न सकिने सन्देश दिएका थिए।
कार्यक्रमको समापन विश्व शान्ति, मानव कल्याण, सामाजिक सद्भाव तथा विश्व बन्धुत्वको कामनासहित गरिएको थियो।











