बुटवलमा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधि सहभागी हुँदै

  •  

     

    बुटवल ६ माघ । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा सोमबारदेखि बुटवलमा आयोजना हुने भएको छ । साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ ।
    डेरी एसोसिएसन लुम्बिनी प्रदेशको आतिथ्यतामा हुने कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, उत्कृष्ट कृषक सम्मान, युवा व्यवसायीलाई सम्मान तथा कृषि पत्रकारिता पुरस्कार समेत प्रदान गरिने कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले बताए । एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका न्यौपानेका अनुसार वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, राष्ट्रिय दुग्ध बिकास बोर्ड, पशु सेवा विभाग, दुग्ध बिकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि लगायतको उपस्थितीमा वृहत अन्तरक्रिया गरिने भएको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation