लुम्बिनीको वडा ६ र ९ मा कानुनी तथा मनोसमाजिक परामर्श प्रशिक्षण शिविर

  • लुम्बिनी ,१ भदौ – रुपन्देही अपाङ्ग पुनर्थापना केन्द्र सैनामैना -६ रुपन्देहीको आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ को तेनुहवा सामाजिक सिकाई केन्द्र र पालिकाको वडा नम्बर ९ सोनबर्षा बिचौवापुरमा कानुनी तथा मनोसमाजिक परामर्श प्रशिक्षण कार्यक्रम(घुम्ति शिबिर) गरेको छ ।
    लुसानपापालिकाको वडा नम्बर ६ र वडा ९ मा महिला तथा किशोरकिशोरीहरुलाई प्रशिक्षण प्रदान गरिएको संस्थाका अध्यक्ष सुबि गुरुङ ले जनाकारी दिईन ।
    वडा नम्बर ६ को सामुदायिक सिकाई केन्द्र मा आयोजना गरिएको कार्यक्रममा मा वडा ६का कार्यवाहक अध्यक्ष मेहवुक अलि मिया ले बोल्दै तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
    उनेले महिला,किशोर किशोरकिशोरीहरुलाई महिला हिंसाबाट जोगाउन, घरेलुहिंसाकोअन्यका लागि अभियान आवश्यक रहेको बताए।
    कार्यक्रममा मा अधिवक्ता कुसुम अर्यालले कानुनि उपचारकाका विविध पक्षहरुको बिषयमा प्रकाश पारेको बताईन, उनले बालविवाह, किशोरकिशोरीमा हुने हिंसा अनत्यका कानुनि उपचारका विविध पक्षहरुको बिचमा प्रकाश पारेकि थिईन ।
    यस्तै मनोसमाजिक परामर्शदाता पुनिता केवटले मानसिक समस्यामा, उपचारका का उपाय लागयका बिषयमा प्रकाश पारेका थिईन ।
    कार्यक्रममामा वडा नम्बर ६ का वडा सचिव राजेन्द्र यादव, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रहरी चौकि महिला सेल प्रमुख मञ्जु चौधरी लगायतको आतिथ्यतामा रहेको थियो।
    वडा नम्बरमा ९ सोनबर्षा मा भएकोकार्यक्रममा वडा सदस्य उर्मिला चाई, राजमति हरिजन चमार सहित ईलाका प्रहरी कार्यालय लुम्बिनी का महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा(महिला सेल) का प्रमुख मञ्चु चौधरी ले , मनोपरामर्शदता पुनिता केवट, अधिवक्ता कुसुम अर्याल ले सहजिकरण गरेका थिए ।

    सहास कार्यक्रममा ईन्चार्जदिपिशा विश्वकर्मा,समयमाई चौतारी पैरवि समुहका रिना चौधरी, संस्थाका उपाध्यक्ष निर बहादुर पुलामि, कोषाध्यक्ष आशारानी चौधरी लगायतको सहभागिता रहेकाले थियो ।

    हाम्रो शाहस प्रोगाम: ईन्कुसिप एम्पावरमेन्ट,फर सोसल नर्म चेन्ज परियोजना अन्तरगत युएन युमन,सिडब्लुएडि र फेडोको सहयोग र लुम्बिनी साँस्कृतिक नगरपालिकाको संमन्वयमा कार्यक्रममा भएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation