काठमाडौं,२९ साउन । मलेसियामा हुन् लागेको अगस्ट ३० देखि हुने एसीसी प्रिमियर कप खेल्ने टोलीलाइ नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमका बीच शुक्रबार बिदाइ गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर नेपाल मलेसिया प्रस्थान गर्नेछ।
प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ। जसमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।











