बुटवल, १२ वैशाख । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी नेपालको वर्ष २०२६/२०२७ को डिष्ट्रिक क्याबिनेट अफिसर्स घोषणा गरिएको तथा लोगो अनावरण गरिएको छ । सनिबार एक कार्यक्रमको आयोजना गरि डिष्ट्रिक अन्तरगतको ६ सय जना क्याविनेट अफिसर, ५ वटा एरिया, १८ रिजन, ४० जोनहरुको टिमहरु घोषणा गरेको हो । एक समारोहका बिच एलसिआईएफ एरिया लिडर तथा पूर्व गर्भनर अरुणप्रताप राणाले उद्घाटन गर्दै लायनबाद र सामाजिक कार्यको बारेमा प्रकाश पार्दै नेपालसहित विभिन्न देशमा मानवसेवा, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।
कार्यक्रममा डिष्ट्रिक गर्भनर बालाराम भट्टराईले क्लबमा प्रवेशसंगै नेतृत्व विकास जरुरी रहेको बताए । हरेक क्लबहरु आफनो वार्षिक योजना बनाएर लाग्न उनले सुझाव दिए । अन्तराष्ट्रियमा समेत पहिचान दिने गरि मिसन १.५, काठमाण्डौ धुलिखेलमामा हुने स्कुलिङलाई सफल बनाउने र डिष्ट्रिक क्याविनेट अफिसरको ससक्त भुमिका दिनेतर्फ विशेष लाग्नसमेत आग्रह गरे । नेपालमा लायन्स क्लबहरूले विशेषगरी आँखा उपचार (मोतीबिन्दु अप्रेसन), विधालय भवन, रक्तदान कार्यक्रम, विपद् राहत, निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सहयोगजस्ता कार्यहरू सञ्चालन गर्दै आएका भन्दै ग्रामीण तथा विपन्न समुदायसम्म पुगेर स्वास्थ्य सेवा र जनचेतना जस्ता कार्यक्रमलाई समेटेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा इलेक्ट डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले थिङक पोजिटिभ, स्प्रिट ह्यापिनेश नारालाई सार्थक बनाउने गरि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै एकअर्कामा भाईचारा र सहकार्यबाट सफलता मिल्ने बताए ।
कार्यक्रममा इलेक्ट फस्ट भिडिजि मिना पन्थी,इलेक्ट सेकेन्ड भिडिजी अर्चित श्रेष्ठ, आपिडिजि पुरुसोत्तम भक्क्त प्रभानाड, पिडिजिहरु अर्जुमान शैजु, नवराज न्यौपाने, महेन्द्र नारायण श्रेष्ठले नया अफिसर्सहरुलाई शुभकामना दिए । डिष्ट्रिक सचिव आशिषकृष्ण श्रेष्ठको सञ्चालनमा भएको थियो











