बुटवल, बैशाख ।
पाल्पामा तिनाउ गाउँपालिका वडा नम्बर ३ मा केही दिन पहिला भएको घटनमा मृतक व्यक्तीको तस्वीर को सट्टा जिउँदो व्याक्तिको तस्बीर प्रयोग गरी समाजिक सञ्जालमा पोष्ट गरिएको भन्दै वडा सदस्य ले गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । वडा सदस्य टंकनाथ बस्यालले एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘सबैमा जानकारी गराइन्छ कि हालै विभिन्न सामाजिक सञ्जालहरूमा एक जीवित व्यक्तिको फोटोलाई मृतकको रूपमा प्रस्तुत गरी गलत तथा भ्रामक सूचना फैलाइएको पाइएको छ। यस प्रकारको कार्यले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्नुका साथै परिवारजनमा अनावश्यक मानसिक तनाव सिर्जना गरेको छ । ’
त्यसैले, यस्ता असत्य, भ्रामक तथा अप्रमाणित सामग्रीहरू सामाजिक सञ्जालमा प्रकाशन, साझेदारी वा प्रचार–प्रसार नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ । यस्ता गतिविधिहरूले कानुनी कारबाहीसमेत निम्त्याउन सक्ने भएकाले जिम्मेवार र सचेत भई सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध छ ।
यदि कसैले यस प्रकारको सामग्री पोस्ट गरेको वा शेयर गरेको भए कृपया तुरुन्त हटाइदिनुहुन अनुरोध गरिन्छ ।
सही र प्रमाणित सूचना मात्र प्रवाह गरौं, जिम्मेवार नागरिक बनौं।
धन्यवाद।











