बुटवल १२ बैशाख । सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बुटवल स्टार्सले बुटवल उपमहानगरपालीका दिपनगर स्थीत आम्दा अस्पताललाई शुक्रबार एक कार्यक्रमो आयोजना गरि अटोमेटिक एनालाइजर एण्ड एफएलए एनालाइजर उपकरण मेसिन हस्तारण गरेको छ । शुक्रबार कार्यक्रमको आयोजना गरी लायन्स क्लबस इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का गर्भनर बालाराम भट्टराईले यो बर्ष लायन्स स्टार्सले एक करोड भन्दा बढीको मेडिकल उपकरण बितरण सहानीय रहेको बताउनुभयो । क्लबलाई धन्यवाद दिँदै उपकरणको प्रयोग गरेर नागरिकलाई सहजरुपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट विनोद पराजुलीले लायन्स क्लबले उपलब्ध गराएका स्वास्थ्य उपकरण तत्कालै सञ्चालनमा ल्याइने र यसबाट सर्वसाधारणले सेवा पाउने बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट उपलब्ध गराइने स्वास्थ्य सेवालगायतका विभिन्न परीक्षणका सेवा बाहिरभन्दा धेरै सुलभ र विशेषज्ञबाट उपलब्ध गराउने गरिएको बताउनुभयो । करिब १७ लाख मूल्य बराबरको ल्याव सबन्धी उपकरण हस्तारण गरिएको लायन्स स्टार्सका कार्यवाक अध्यक्ष डिएस भट्टराईले जानकारी दिनुभयो तेस्तै कार्याक्रमा लायन्स स्टार्सका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पि का फस्ट भिडिजी तथा इलेक्ट गर्भनर संन्दिप कसौधन,रिजनचेयपर्सन रविन्द्र कक्षापति ,जोनचेयर्पन विजय वर्नवाल, लागाएको उपस्थीमा हस्तारण गएिको थियो । कार्यक्रममा क्लवका सचिव पिताम्बर अर्यालको सञ्चालनमा भएको थियो ।












