चिकित्सकको लापरबाहीका कारण गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ

  • बुटवल ,८ बैशाख । चिकित्सकको लापरबाहीले गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् । गर्भपतन गराउने क्रममा पाल्पाको बगनाशकाली गाउँपालिका–२ पोखराथोककी पाण्डेको आइतबार बुटवलमा निधन भएको थियो ।पीडित परिवार र आफन्तले मंगलबार इँटाभट्टी लाइनस्थित खत्री नर्सिङ होममा,जोनल फार्मेसीमा , इन्दुलेखा स्वास्थ्य क्लिनिक घेराउ गर्दै र सिद्धार्थराजमार्ग केहीबेर चक्काजाम गरेका थिए ।
    बुटवल उपमहानगरपालिका वडा नम्बर–९, इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित गर्भ परीक्षण गराउँदै आएकी गीताले उपचारकै क्रममा विभिन्न मेडिकल तथा क्लिनिकहरुमा घुम्दाघुम्दै मृत्यु भएको हो । नियमित गर्भ परीक्षण गराइरहेको खत्री नर्सिङ होममा गत चैत्र २७ गते भिडियो एक्सरेर गरेर हेर्दा बच्चाको स्वास्थ्य अवस्था एपनर्मल ९असाधारण० रहेको भनेर चिकित्सकले भनेपछि गीताले गर्भ पतन गराउने निर्णयमा पुगेकी थिइन । चिकित्सकको सल्लाह अनुसार नै बैशाख ५ गते श्रीमानसहित बुटवल आएकी पाण्डे खत्री नर्सिङ होममा नियमित फलोअपसहित उपचारका लागि पुगेकी थिइन्। त्यहाँबाट थप उपचारका लागि उनलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो। जोनल फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले गर्भपतन गराउन औषधि प्रयोग गरेका थिए।
    त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले गीतालाई वैशाख ५ गते शनिबार साँझ १० बजे एक खुराक र भोलिपल्ट विहानै ६ बजे अर्को खुराक औषधी खाएर आइतबार विहान १० बजे फार्मेसी आउनका लागि भनेका थिए । सोही अनुसार भोलीपल्ट थप उपचारका लागि जोनल फार्मेसी पुगेकी गीताले घर फर्किन भने पाइनन् । जोन फार्मेसीमा उनको उपचार प्रक्रिया सफल नभएपछि उनलाई सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो। त्यहाँ समेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेकी पाण्डेलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक तथ्यले अनुभवी तथा विशेषज्ञ चिकित्सकको सल्लाहबिना नर्सिङ होम, क्लिनिक र फार्मेसीमार्फत असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ। यसले घटनामा गम्भीर लापरबाही भएको आशंका बलियो बनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार मृतकका श्रीमानले घटनाबारे जाहेरी दर्ता गराएपछि अनुसन्धान सुरु गरिएको बताए । आवश्यक परे अन्य चिकित्सकलाई पनि अनुसन्धानका लागि ल्याइनेछ,” उनले भने। खत्री नर्सिङ होममा डिबि खत्री, जोनल फार्मेसीमा डा। बिष्णु गौतम र इन्दुलेखा क्लिनकमा डा। सतिश रुपाखेतीले उपचार सेवा दिँदै आएका छन् । इन्दुलेखा क्लिनिक दर्ता समेत नभएको यो घटनापछि अनुसन्धानमा भेटिएको छ भने जोनल फार्मेसीमा सेवा दिने डा। गौतम उक्त दिन त्यहाँ नभएपछि इन्दुलेखा क्लिनिकमा रेफर गरिएको समाचार स्रोतले जनाएको छ । प्रहरीले घटनासँग सम्बन्धित स्वास्थ्य संस्थाका तीन जना व्यक्तिलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्। बुटवल क्षेत्रमा अवैध रूपमा गर्भपतन गराउने क्लिनिक तथा फार्मेसीहरूको संख्या बढ्दो रहेको पाइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation