विशेषज्ञ चिकित्सकलाई दरबन्दी स्थलमै फर्काउने निर्णय

  • काठमाडौँ,१७ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर कार्यरत विशेषज्ञ चिकित्सकलाई पुनः आफ्नै दरबन्दी भएको अस्पतालमा फर्काउने प्रक्रिया सुरु गरेकी छन्।
    मन्त्रालयले देशभर स्वास्थ्य सेवाको समान पहुँच सुनिश्चित गर्न तथा दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति अभाव घटाउने उद्देश्यसहित यस्तो कदम चालेको जनाएको छ। पहिलो चरणअन्तर्गत नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई काजबाट फिर्ता बोलाइएको मन्त्रालयले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation