लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

  • काठमाडौं,१६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
    शर्मामाथि एक बालिकालाई लामो समयदेखि आफ्नो घरमा राखेर बालश्रम गराएको गम्भीर आरोप लागेको थियो। यसअघि महानगरपालिकाको नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरीको टोलीले ती बालिकाको उद्धार गरी घटनास्थलको मुचुल्का समेत तयार पारेका थिए।

    यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा चलाउन नपर्ने रायसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।

    तर, चौतर्फी दबाब र अनुसन्धानको निरन्तरतापछि प्रहरीले अन्ततः उनलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation