बुटवल,१४ चैत । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजानमा दृष्टिविहिन भएका युवा खेलाडीहरुको लागि प्रशिक्षणात्मक प्रतियोगीता आयोजना गरेको छ । बुटवल उप–महानरपालिकाको सहयोगमा भएको कार्यक्रममा नयाँ खेलाडीहरुलाई प्रशिक्षण सहित दुई वटा समुहका विचमा प्रतिस्पार्धा समेत गराइएको थियो ।

बुटवल उपमहानरपालिका वडा नम्बर १२ ढवाहमा रहेको खेल मैदानमा चैत ११ र १२ गते प्रशिक्षण र १३ र १४ गते प्रतियोगीता आयोजना गरिएको दृष्टिविहिनज क्रिकेटसंघ लुम्बिनीका सचिव गणेश सापकोटाले जानकारी दिए । प्रतियोगीताको शनिवार एक औपचारिक कार्यक्रम आयोजना गरी समापन गरिएको छ ।
समापन समारोहमा बोल्दै दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका कार्यसमिति सदस्य तथा अन्तराष्ट्रिय महिला दृष्टिविहिन क्रिकेट खेलाडी गिता पौडेलले सिकेको सिपलाई व्यवहारमा उतारी दृष्टिविहिनता भएका व्याक्तिहरुले पनि देशको लागि महत्वपूर्ण योगदान दिन सक्ने बताईन् ।
प्रतियोगीतामा दृष्टिविहिन क्रिकेट अन्तराष्ट्रिय रेफ्री गिता रेग्मी सहित अनिश भुषाल, आशिष भुषालले एम्पायर सहित प्रशिक्षको भूमिका निवाह गरेका थिए । यस्तै प्रतियोगीतामा म्यान आफ द सिरिज सम्भु पाखेरेल घोषित भए । लुम्बिनी ए र लुम्बिनी वि टिम विच भएको प्रतियोगीतामा समुह बी विजयी भएको हो ।
प्रतियोगीतामा म्यान आफ दी म्याच हुने खेलाडी, म्यान आफ द सिरिज हुने खेलाडीलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । साथै विजयी खेलाडीहरुलाई मेडल समेत प्रदान गरिएको दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका कोषाध्यक्ष गणेश सापकोटाले जानकारी दिए । प्रशिक्षण र प्रतियोगीतामा २४ जना खेलाडीहरु सहभागीता रहेका थिए ।
कार्यक्रमको सञ्चालन शुनिल जिसीले गरेका थिए ।











