निर्वाचन लक्षित भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ नेपाली सेना’

  • काठमाडौँ,२० फागुन । भोलि(बिहीबार) हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सम्प्रेषण भइरहेका भ्रामक र अतिरञ्जित सूचनाप्रति सेनाले ध्यानाकर्षण भएको जनाएको छ
    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता सूचनालाई विश्वास नगर्न आम जनसमुदायलाई अपिल गरेको छ ।
    जङ्गी अड्डाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नियोजित रूपमा फैलाइएका यस्ता गलत सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation