काठमाडौं ,२७ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ ।
महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ ।
तर सुरक्षाको आवश्यकता अनुसार जुनसकुै घेरामा पनि सेना खटिनसक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ ।नेपाली सेनाले निर्वाचन सुरक्षासम्बन्धी सार्वजनिक गरेको भिडियो सन्देशमा सुरक्षा संवेदनशीलता उच्च देखिएका स्थानमा आवश्यकताअनुसार सेनालाई प्रारम्भिक चरणमै पहिलो घेरामा खटाउन सकिने उल्लेख गरिएको छ । यसले जोखिमयुक्त क्षेत्रहरूमा थप सुरक्षा सतर्कता अपनाइने संकेत गर्दछ ।
युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापाका अनुसार निर्वाचन अवधिभर शान्ति सुरक्षाको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सेनाका फौज परिचालन गरिनेछ । उपलब्ध साधन, स्रोत र क्षमताको पूर्ण उपयोग गर्दै जनताको अपेक्षाअनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सेना प्रतिबद्ध रहेको उनले बताएका छन् । युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापा भन्छन्, ‘निर्वाचनको दौरानमा शान्ति सुरक्षा दिने क्रममा नेपाली सेनाका फौजहरू परिचालन हुनेछन् ।











