नेपाल-भारत सीमा सुरक्षा बैठक, निर्वाचनको ७२ घण्टाअघि सीमा सील

  • विराटनगर ,२३ माघ । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ७२ घण्टाअघि सीमा सील गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को निर्वाचन भन्दा ७२ घण्टाअघिदेखि नाका सील गर्ने सहमति गरेको हो ।
    बैठकमा सीमा सुरक्षा खटिएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी थिए ।बैठकले निर्वाचनको ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सील गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation