देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक

  • काठमाडौ,१९ माघ । नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । गत असार मसान्तको तुलनामा यो २१.१ प्रतिशतको वृद्धि हो । गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति पुससम्म बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो ।
    ‘अमेरिकी डलरमा यस्तो सञ्चिति पुस मसान्तसम्म २२ अर्ब ४७ करोड पुगेको छ । गत असारको तुलनामा यो १५.२ प्रतिशतको वृद्धि हो । , ‘२०८२ असार मसान्तमा यस्तो सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड थियो ।’ २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।३ प्रतिशत रहेको छ ।मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५।४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४।२ प्रतिशतको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ ।
    वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ । ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ ।
    वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
    (पूर्णपाठ)Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Month-data-of-2082.83

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation